१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन पूर्व प्रवक्ता डा. शर्मा नेपाल विद्याभुषणद्धारा सम्मानित

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७३, बिहीबार १०:२९

लन्डन । गैरआवासीय नेपाली सँघका पूर्व प्रबक्ता डा. हेमराज शर्मा नेपाल विद्याभुषणद्धारा सम्मानित भएका छन् । विहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच शर्मालाई सम्मान गरिन् ।

बाग्लुङको अमलाचौरमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालय काठमाण्डौंबाट भौतिकशास्त्रमा स्नातकोत्तर र जर्मनीस्थित फ्रि युनिर्भसिटीबाट विद्यावारिधी (पिएचडी) गरेका छन् । राष्ट्रपति भण्डारीले शर्मालाई बधाई ज्ञापन गर्दै मातृभूमिका हित चिताई पदकको मान कायम राख्न आग्रह गर्दै ज्ञान र सीप देशको भलो हुने कार्यमा प्रयोग गर्न समेत शुभकाना दिएकी छन् ।
बेलायतकाे लिभरपुल युर्निर्भरसिटीमा कार्यरत शर्माको सकृयतामा आगामी हप्ता नेपालमा वैज्ञानिकहरुको विश्वसम्मेलन हुदैंछ । ३० देशका १ सय ५० जना वैज्ञानिकको सहभागित रहने सो सम्मेलनको तयारीका लागि शर्मा अहिले काठमाण्डौंंमा छन ।
14291865_1752154431706216_1487902107834966281_n

14184297_1752151635039829_3615830946854996299_n