१३ बैशाख २०८१, बिहीबार
Follow Us

जलमग्न भक्तपुर तस्बिरमा हेर्नुस्

नेपालब्रिटेन संवाददाता
२८ असार २०७५, बिहीबार ०८:१४

बुधबार अपरान्हदेखि परेको अविरल वर्षाले भक्तपुर जिल्ला जलमग्न भएको छ । अहिलेसम्म ३ जनाले ज्यान गुमाइसकेका छन् । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।
डुबानमा परेका बस्तीका नागरिकको उद्दारका लागि नेपाली सेनाको टोली परिचालित भएको छ। बाढीका कारण भक्तपुरको जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ। डुंगासहितको सेनाको टोली बाढीका कारण घरभित्रै फसेकाहरूको उद्दारमा परिचालित छ।