४ बैशाख २०८१, मंगलवार
Follow Us

उपसभापतिसहित कांग्रेसका दर्जन नेता यूरोप भ्रमणमा

नेपालब्रिटेन संवाददाता
२८ असार २०७५, बिहीबार ०९:१९

काठमाडौं । नेपाली जनसम्पर्क समन्वय समिति युरोपको आगामी २१ जुलाईमा हुने विस्तारित बैठकमा सहभागी हुन उपसभापतिसहित दर्जनभन्दा बढी कांग्रेसका नेता यूरोप जाने भएका छन् । पोर्तुगलको लिस्बोन शहरमा आयोजना हुने बिस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्न उपसभापति बिमलेन्द्र निधि पत्नी अनम्किा निधिसहितसहित युवा नेताहरु त्यसतर्फ जान लाग्नुभएको छ ।

यूरोप जानेहरुमा केन्द्रीय सदस्य तथा सांसद गगन थापा, गोविन्द भट्टराई, प्रदीप पौडेल, किरण पौडेल, आनन्दन विष्ट बालकृष्ण पाण्डे, नवराज गुरुङ, खिला दाहाल, बालकृष्ण पाण्डे र केशव रिजाल रहेका छन् ।

किरण पौडेल, आनन्द विष्ट र बालकृष्ण पाण्डे पार्टीका आमन्त्रित केन्द्रीय सदस्य हुन् । विष्ट जनसम्पर्क समिति अमेरिका र पाण्डे जनसम्पर्क समिति भारतका अध्यक्ष हुन् । खिला दाहाल ट्रेड युनियन कांग्रेसको अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका हुन् । गुरुङ पर्वतका नेता हुन् भने रिजाल पार्टी कार्यालय सचिव हुन् ।