८ बैशाख २०८१, शनिबार
Follow Us

विरोधकाबीच ट्रम्पद्वारा बेलायतको भ्रमण

नेपालब्रिटेन संवाददाता
२८ असार २०७५, बिहीबार १६:२१

लण्डन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गर्नुभएको छ । उहाँको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्नुहुने भएको छ । ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा उहाँले गर्नुभएको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उहाँको व्यापक विरोध भएको छ । दशौँ हजार प्रदर्शनकारीहरूले उहाँको भ्रमणका विरुद्धमा प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ ।