१३ बैशाख २०८१, बिहीबार
Follow Us

पार्टी निर्देशन विपरित युरोपका आदी दर्जन कांग्रेस सभापतिहरु, कार्यवाही हुन सक्ने

नेपालब्रिटेन डट कम्
२८ असार २०७५, बिहीबार २३:२९

लण्डन — नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशन विपरित युरोपस्थित जनसम्पर्क समितिका केही सभापतिहरुले वक्तव्य जारी गरे पछि विवाद चुलिएको छ ।

नेपाली कांग्रेसको आगामी भाद्र महिनामा हुने महासमितिको बैठकको लागि युरोपस्थित कांग्रेस कार्यकतासंग सुझाव संकलन गर्न प्रोतुगलमा आयोजना हुने भेलाको करिब आदी दर्जन सभापतिहरुले विरोध गरे पछि विवाद चुलिएको हो ।
पार्टी उपसभापति बिमलेन्द्र निधी सहित १ दर्जन नेताहरु उपस्थित हुने सो भेला भाड्न कांग्रेसको संस्थापनइतर पक्ष सकृय भएको छ ।

नेपाली कांग्रेसको निर्देशन बमोजिम विद्यान संसोधन र परिमार्जको लागि सुझाव संकलन गर्न आउन लागेका निधी उपस्थित हुने कार्यक्रमलाई
अवैधानिक संस्थाले बोलाएको भेलामा आफूहरू नजाने भन्दै विज्ञप्ति जारी गरि जनसम्पर्क समिति बेल्जियकी सभापति सीता सापकोटाको टोली विरोधमा उत्रिएको हो ।

संयुक्त वक्तव्य निकाल्ने जनसम्पर्क समितिका अध्यक्षमा सीता सापकोटा बेल्जियम, शिखर खडका जर्मनी, शुक्रराज न्यौपाने आयरल्यान्ड, इन्द्र शर्मा स्पेन, बालकृष्ण सापकोटा लक्जम्बर्ग, एलेनी सुवेदी पोल्यान्ड, श्याम सापकोटा स्विट्जरल्यान्ड, सीता अर्याल साइप्रस र राजन शर्मा चापागाईं इटलीलगायत छन् । उनीहरुले नेपाली कांग्रेस पार्टी कार्यालयद्धारा जारी पत्रलाई समेत चुनौति दिएका छन् ।

पार्टी कार्यालयद्धारा जारीपत्र

यसअघि पार्टीले २१ जुलाईमा हुने भेलामा सहभागी हुन युरोपका जनसम्पर्क समितिहरूलाई पत्र पठाएको थियो ।

युरोपका नौवटा जनसम्पर्क समितिका वर्तमान, पूर्व तथा संस्थापक अध्यक्षको संयुक्त वक्तव्य दावी गरिए पनि विहीवार अबेर सम्म ५ वटा जनसम्पर्क समितिका सभापतिहरुले सो विज्ञप्तिमा आफ्नो सहमती नभएको दावी गरेका छन् । जनसम्पर्क समितिका सभापतिहरु काबा अध्यक्ष, राजन शर्मा (इटाली), चापागाई, इन्द्र शर्मा (स्पेन), बालकृष्ण सापकोटा (लग्जेम्वर्ग), डा. एलिनी सुवेदी (पोल्याण्ड) ले, सापकोटाले आफ्नो नामको दुरुपयोग गरेको भन्दै सो विज्ञप्तिको विरोध जनाएका छन् ।

सापकोटा समुहले निर्वाचित र पार्टीले मान्यता दिएका जनसम्पर्क समितिसँग सम्पर्क र परामर्श नगरीकनै विधानविपरीत गठन भएको युरोप समन्वय समितिको भेलामा उपसभापति विमलेन्द्र निधि सहभागी हुन लागेको भन्दै पार्टीलाई उल्टै पाठ सिकाउने प्रयास गरेका छन् ।

तत्तकालिन पार्टी सभापति गिरीजा प्रसाद कोइरालाको सकृयतामा सन् २००७ सालमा युरोप आएका केही अग्रज राजनीतिज्ञले युरोपमा जनसम्पर्क समिति गठन गर्ने र तिनलाई सक्रिय बनाउने उद्देश्यले समन्वयकारी भूमिकाका लागि दिल गुरुङको अध्यक्षतामा समिति गठन गरेका थिए ।

सन् २०१० मा प्रोतुगलमा सम्पन्न समितिको पहिलो अधिवेशन वर्तमान सभापति शेर बहादुर देउवाको उपस्थितीमा सम्पन्न भएको थियो । विदेशमा बसेर पार्टीको निर्देशन विपरित कार्यगर्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरु माथि अनुसाशनको कार्यवाहीको समेत माग उठ्न थालेको छ ।