१३ बैशाख २०८१, बिहीबार
Follow Us

गुप्तचरमाथि गुप्तचर गर्दा सरकार असंवेदनशील (फोटो फिचरसहित)

sarusaru
२९ असार २०७५, शुक्रबार ०५:०८

सरु पौडेल,काठमाण्डौ –नेपालमा हरेक क्षेत्रमा लापारबाही छ भन्ने कुरा त भनिरहन नपर्ने कुरा हो । यतिसम्म कि गुप्तचरका क्रियाकलाप अरुले नियाल्दा समेत सरकारलाई चासो नभएजस्तो देखिन्छ । सिंहदरबारभित्र रहेका गुप्तचरका भवनभन्दा अग्ला अग्ला भवन गुप्तचर भवनअगाडि नै बनिरहेका छन् । ती भवनहरुबाट गुप्तचरका क्रियाकलाप सजिलै नियाल्न सकिन्छ तर सरकारले यस विषयमा पनि ध्यान दिएको छैन । यदि गुप्तचरका क्रियाकलाप नै गोप्य रहँदैनन् भने केको लागि गुप्तचर आवश्यक ? सरकारले कुनै दिन सोचेको छ कि छैन कतै ती भवनहरु गुप्तचरको क्रियाकलाप नै नियाल्न बनेका त होइनन् !
राष्ट्रकै प्रशासनिक निकाय रहेको सिंहदरबारभित्रका सुरक्षा निकाय ,सम्पूर्ण मन्त्रालयहरु , प्रधानमन्त्री कार्यालय , गुप्तचर विभाग लगायत विभिन्न कार्यालयहरु रहेका छन् । कार्यालय तथा विभागहरुलाई नजिकैबाट बाह्य व्यक्तिहरुले पनि चियाउन सक्ने अवस्था रहेको छ ,जसलाई सरकारले ध्यान दिनु आवश्यक छ ।


तस्वीर ः दीपक शर्मा