७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतसँग इग्ल्यान्ड पराजित

नेपालब्रिटेन संवाददाता
२९ असार २०७५, शुक्रबार ०५:३७

लन्डन । इङ्गल्याण्ड भ्रमणमा रहेको भारतले एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा जित निकालेको छ । ट्रेन्ट ब्रिज मैदानमा गएराति भएको खेलमा भारतले इंग्ल्याण्डलाई ८ विकेटले हराएको छ ।

इंग्ल्याण्डले प्रस्तुत गरेको २६९ रनको लक्ष्य भारतले ४० ओभर एक बलमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । भारतका लागि रोहित शर्माले ११४ बलमा १५ चौका र चार छक्काको सहयोगमा अविजित १३७ रन बनाउनु भयो ।

भारतले यसअघि नै ट्वेन्टी ट्वेन्टी सिरिज २–१ ले जितेको छ । भारत र इंग्ल्याण्डबिचको दोस्रो एक दिवसीय खेल भोलि हुनेछ ।