१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिन्धुपाल्चोकमा जीप दुर्घटना, पाँचको मृत्यु

नेपालब्रिटेन संवाददाता
२९ असार २०७५, शुक्रबार ०५:४०

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मेलम्चीबाट भोताङ जाँदै गरेको जीप थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, बोधोम र सुनमायाको उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई दुर्घटना भएको जीपभन्दा पछाडि आइरहेको एउटा ट्रकमा राखेर मेलम्ची पु-याइएको थियो । चल्दाचल्दै स्टार्ट बन्द भएपछि जीप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।