१३ बैशाख २०८१, बिहीबार
Follow Us

कानुनमन्त्रीको हातबाट जुस पिएर गंगामायाले अनसन तोडिन

नेपालब्रिटेन संवाददाता
२९ असार २०७५, शुक्रबार १४:०९

काठमाडौं । छोराका हत्यारालाई कारबाही माग गर्दै असन बसेकी गंगामायाले अनसन तोड्नु भएको छ । कानुनमन्त्री शेरबहादुर तामाङले जुस खुवाएर गंगामायाको अनसन तोडाएका हुन् । गंगामाया आफूले अनसन स्थगित गरेको बताएकी छन् । १० दिनभित्र आफ्ना माग सम्बोधन नभए पुनः अनसन बस्ने गंगामायाले बताएको नेपाल टेलिभिजनबाट प्रशारित समाचारमा उल्लेख छ ।

सरकारसँग दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन तोड्नु भएको हो । पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ ।

गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।