११ बैशाख २०८१, मंगलवार
Follow Us

कान्तिपुर दैनिकमा नारायण वाग्ले सम्पादक

नेपालब्रिटेन संवाददाता
२९ असार २०७५, शुक्रबार १४:३८

काठमाडौं । कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शुक्रबार पब्लिकेसन्समा आयोजित एक समारोहबीच वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरे ।

सिरोहियाले शुक्रबार नै प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको समेत जानकारी गराए । शर्मा १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहे ।

स्थापनाकालमा समेत कान्तिपुरसँग आबद्ध वाग्ले विसं २०६५ छाड्नुअघि पाँच वर्ष कान्तिपुर दैनिकको सम्पादक थिए । उनी नागरिक दैनिकमा समेत प्रधानसम्पादक थिए ।