१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायती प्रधानमन्त्रीको आलोचनासम्बन्धी समाचार भ्रामक हो ; ट्रम्प

sarusaru
३० असार २०७५, शनिबार ०४:५२

एलिसबरी, संयुक्त अधिराज्य – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताउनुभएको हो ।

“मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन…यसलाई भ्रामक खबर भनिन्छ,” ट्रम्पले द सन पत्रिकाको शुक्रबारको अन्तवार्ता संस्करणका विषयमा बोल्दै भन्नुभयो ।
यसैबीच ट्रम्पले अन्तर्वार्तामा बे्रक्जिटका सम्बन्धमा बेलायती प्रधानमन्त्री टरिजा मेको आलोचना गरेका भन्दै राजधानी लण्डनमा अमेरिकी राष्ट्रपतिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् ।
रासस÷एएफपी