१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज दिनभर मौसम बदली हुने

नेपालब्रिटेन संवाददाता
३० असार २०७५, शनिबार ०५:४०

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम बदली हुने जनाएको छ । देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्य स्तरको पानी पर्ने मौसमविद मञ्जु बासीले जानकारी दिनु भयो । केही दिनदेखि सक्रिय रहेको मनसुनी गतिविधि आज पनि क्रियाशील रहेको छ ।

यस्तै मध्य तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । दिउँसो मौसम केही खुलेको जस्तो भए पनि बेलुका तिर देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले बताउनु भएको छ ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौंको बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भएको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । विभागका अनुसार काठमाडौंको धोवीखोला, बागमती, सालिनदी, मनोहरा लगायतका नदीक्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ ।