१५ बैशाख २०८१, शनिबार
Follow Us

डा.केसीको स्वास्थ्य अवस्था नाजुक

नेपालब्रिटेन संवाददाता
३० असार २०७५, शनिबार ०५:४१

काठमाडौं । विगत १५ दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउनुपर्ने माग राख्दै अनसन थालेका डा. केसीको तौल घट्नुका साथै स्वास्थ्य समस्या झनै जटिल बन्दै गएको हो ।

धेरै दिन भोके पेट बस्दा डा. केसीको ९ केजी तौल घटेको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा. पुजन रोकायले बताउनु् भएको छ । उहाँका अनुसार डा. केसीलाइ टाउँको दुख्ने, छाति दुख्ने, मुटुको गति बढ्ने, रगतमा अक्सिजनको मात्रा कमी देखिएको छ ।

डा. केसीका सहयोगी किरण केसीले डा. केसीको छाती दुख्ने समस्या कायमै रहेको बताउनु भएको छ । ‘डा. केसीले कुनै प्रकारको औषधी लिन मानिरहुनभएको छैन’ उहाँले भन्नु भयो, ‘दैनिक रगत जाँच र नर्मल स्लाईन । बाहेक अन्य उपचार र औषधी गरिएको पनि छैन ।’

सरकारले माग पुरा नगरेसम्म जुम्लाबाटै आन्दोलनलाई निरन्तरता दिने केसीको अडान कायमै रहेको उहाँले जानकारी दिनु भएको छ । सरकारले डा. केसीलाई जबरजस्ती उठाएर काठमाडौं ल्याई उपचार गराउने बताईरहेको छ । डा. केसीले त्यो जवरजस्ती नमान्ने र औषधि नगर्ने बताउनु भएको छ ।

डा. केसीको जीवन रक्षाको माग गर्दै देशभरका चिकित्सक आन्दोलित भएका छन् । हिजोबाट त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले आकस्मिक बाहेक सबै सेवा ठप्प पारेका छन् ।