१९ बैशाख २०८१, बुधबार
Follow Us

संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

नेपालब्रिटेन संवाददाता
३० असार २०७५, शनिबार १२:५६

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

आजको बैठकमा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । बैठकमा समसामयिक, राजनीतिक परिस्थिति र संसद्मा पार्टीको भूमिकालगायत विषयमा छलफल भइरहेको कर्णले जानकारी दिनुभयो । संसदीय दलको बैठक अहिले पनि जारी छ ।