११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतलाई इयुबाट बाहिरिने प्रक्रिया छिट्टै थाल्न अनुरोध

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७३, बिहीबार १५:५८

लण्डन । युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बिहीबार बेलायती प्रधानमन्त्री टेरेसा मेलाई बेलायतको जनमत सङ्ग्रहले इयुबाट बाहिरिने निर्णय गरेअनुसार यथाशक्य छिटो प्रक्रिया थाल्न आग्रह गर्नुभएको छ ।

परिषद्का प्रमुख टस्क र बेलायती प्रधानमन्त्री मे बीच डाउनिङस्ट्रिटमा भएको भेटमा टस्कले भन्नुभयो,“अब बल तपाइको कोर्टमा छ ।” प्रक्रियालाईं छिटै थालनी गर्नुहोस् ।

उक्त अवसरमा दुई नेताबीच जनमत सङ्ग्रह पछि युरोप र बेलायतको सम्बन्धका बारेमा छलफलका क्रममा इयु प्रमुख टस्कले सो कुरा बताउनुभएको हो ।

टस्कले थप्नुभयो, “इयु सदस्य राष्ट्रले बेलायती प्रधानमन्त्रीका रुपमा मे ले लिसवन सम्झौताको धारा नं ५० अनुसार बेलायतको इयुबाट बहिर्गमन गरिने प्रक्रिया छिटो होस् भनी पर्खिरहेको बताउनुभयो ।

उक्त छलफलका बारेमा बेलायती प्रधानमन्त्री मे का प्रवक्ताले प्रक्रियालाई अघि बढाउन सबै सँगसँगै काम गर्ने बताउनुभएको जानकारी पत्रकारलाई गराउनु भएको थियो ।

बेलायती प्रधानमन्त्री मेले इयुबाट बेलायतको बहिर्गमन प्रक्रिया सबै इयु सदस्य राष्ट्रको पहलमा हुने बताउनुभएको थियो ।

अहिलेसम्म बेलायती प्रधानमन्त्री मेले लिसवन सम्झौताको धारा ५० सुरु गर्ने सरकारलाई गृहकार्य गर्न समय लागेको बताउँदै अस्वीकार गर्दै आउनुभएको छ ।