७ बैशाख २०८१, शुक्रबार
Follow Us

म्याग्दीमा भानु जयन्ती मनाईयो

sarusaru
३१ असार २०७५, आईतवार ०५:११

बेनी । म्याग्दी विविध कार्यक्रम गरी आदि कवि भानुभक्त आचार्यको सम्झनामा २०५ औं जन्मजयन्ती मनाइएको छ । म्याग्दी क्रियाशिल म्याग्दी साहित्य सञ्चारको अयोजना तथा बुलबुल पाठक समूह माउन्ट एभरेष्ट आवासीय माविको सह आयोजनामा उक्त रचना बाचन कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा विभिन्न साहित्यकार तथा सर्जकहरुले आदिकवि भानुभक्त आचार्यको बारेमा चर्चा गर्दै रचना बाचन गरेका थिए । माउन्ट एभरेष्ट आवासीय मा.वि.का प्रिन्सिपल पियुसकुमार रोयले साहित्य समाजको दर्पण भएको भन्दै आदि कवि भानुभक्तले नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदान अतुलनीय भएको बताए ।

कार्यक्रममा साहित्यकार गणनाथ पौडेल, डण्डपाणी सापकोटा, राजु केसी, गंगा बानियाँ, रेखाकौशल रेग्मी, लोकनाथ भुषाल, हिरा शर्मा, हिक्मत ढकाल, भिम सिर्पाली, अस्मी थापा, दीपक शर्मा, विशाल थापा लगायतले शुभकामना मन्तव्य सहित रचना बाचन गरेका थिए । उनीहरुले आदि कवि भानुभक्त आचार्यले देखाएको मार्गमा हिड्न सकेमा मात्र जयन्ती मनाउनुको सार्थकता हुने भन्दै आचार्यले नेपाली, भाषा, राष्ट्रियता लगायतका क्षेत्रमा एकीकरणका लागि पु¥याएको योगदानको चर्चा गरेका थिए ।

बुलबुल साहित्यिक पत्रिकाका प्रधान सम्पादक चन्द्रबहादुर लामिछानेको अध्यक्षता, म्याग्दी साहित्य सञ्चारका उपाध्यक्ष सन्दीप खत्रीको सञ्चालन तथा बुलबुल पाठक समूह माउन्ट एभरेष्टका भिम सिर्पालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी म्याग्दीमा क्रियाशिल साहित्यकारहरुले पनि भाुन जयन्ती मनाएका छन् । म्याग्दी पुस्तकालयको हलमा पौलस्त्य साहित्य समाजका संरक्षक समेत रहनुभएका साहित्यकार भक्त कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम आदिकवि भानुभक्तको तस्वीरमा फूल अर्पण गरी शुरु भएको थियो । कार्यक्रमका सहभागीहरूले आआफ्नो दृष्टिकोणबाट भानुभक्तको चर्चा गर्दै रचना बाचन गरेका थिए ।

कार्यक्रममा म्याग्दीका वरिष्ठ साहित्यकारद्वय ध्रुबलाल शर्मा, अजयमिलन श्रेष्ठ सशक्त नारी हस्ताक्षररलेखक रेखाकौशल रेग्मी, साहित्यकार र साहित्यप्रेमीहरू हरि पौडेल ’लाटो’, दण्डपाणि सापकोटा, सन्दीप खत्री, टोपबहादुर कार्की, प्रेमप्रसाद आचार्य, सुष्मा पौडेल, स्वस्ती पुन, अश्विनी पौडेल, रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको उत्थानमा दिएको योगदानको कदर सबैले गर्नुपर्ने भनाइ राखेका थिए । भानुभक्तले जसरी घाँसीबाट प्रेरणा लिएर रामायण लगायतका अन्य कृतिहरू रचना गरे त्यसैगरी हरेक नेपालीले भानुभक्तबाट प्रेरणा लिई आफ्नो माटोको लागि केही गर्नुपर्ने साझा धारणा सहभागीहरूको थियो । साहित्यकार शिव सस्मितको सञ्चालन रहेको उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार अजयमिलन श्रेष्ठले स्वागत गरेका थिए ।