१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेस नेता बिष्ट लण्डनमा

नेपालब्रिटेन डट कम्
३१ असार २०७५, आईतवार २३:३६

लण्डन । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्ट लण्डन आइपुगेका छन् । बिष्ट आइतवार लण्डन आइपुग्दा गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीले स्वागत गरे । उनलाई स्वागत गर्ने कांग्रेस तथा संघका सल्लाहाकार डा. मिन रानाभाट लण्डनस्थित भिक्टोरिया स्टेशनमा पुगेका थिए । त्रिपाठीका अनुसार जनसम्पर्क समिति अमेरिकाका सभापति समेत रहेका बिष्ट बेल्जियम हुदैं बेलायत आएका हुन् ।

उनलाई सोमवार साँझ अल्डरशटमा आयोजित एक कार्यक्रममा स्वागत तथा सम्मानको कार्यक्रम तय गरिएको त्रिपाठीले जनाए । त्रिपाठीका अनुसार उनलाई विदेशमा बसेर मानवअधिकार तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा पुरा-यको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो । बिष्ट २ हप्ते लामो युरोपभ्रमणमा आएका हुन् ।

उनले आगामी हप्ता जनसम्पर्क समिति युरोपको आयोजनामा हुने भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।