१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हाइड्रो भिलेज म्याग्दीमा दैनिक १५० जना रोजगार

नेपालब्रिटेन संवाददाता
३२ असार २०७५, सोमबार ०४:३४

काठमाडौं । हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि ४ घन्टाको यात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

यी जलविद्युत् आयोजनाबाट स्थानीयले रोजगारी पाउनुका साथै मासिक न्यूनतम १५ हजारदेखि ५० हजारसम्म कमाइ गर्दै आएका स्थानीय २९ वर्षीय वीरबहादुर पुनले बताउनु भएको छ । पाँच वर्षदेखि घलेम्दीमा सुरुङमार्गको सहइञ्चार्ज भएर काम गरिरहेका पुन गाउँमै रोजगारी पाएपछि खुशी हुनु भएको छ ।

स्थानीयले आयोजनामा काम मात्र होइन त्यहाँ काम गर्ने कामदारका लागि किराना पसलदेखि होटलसमेत सञ्चालन गरी आत्मनिर्भर बन्न थालेका छन् । घलेम्दीको विद्युत्गृह र मिस्त्रीको बाँधस्थल एकै स्थानमा पर्दछ । अहिले त्यहाँ करीब २०० कामदार छन् ।