१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राससकर्मीसहित पाँच पत्रकार सम्मानित

sarusaru
३२ असार २०७५, सोमबार ०७:५१

बाजुरा – बाजुराको बडीमालिका नगरपालिकाले आइतबार एक कार्यक्रमका बीच रासस बाजुरा समाचारदातासहित पाँच जना पत्रकारलाई सम्मान गरेको छ ।

नगरपालिकाको विकासमा टेवा पु¥याउन सञ्चारमाध्यमबाट योगदान गरेको भन्दै सम्मान गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभयो ।

सम्मानित हुने पत्रकारमा राष्ट्रिय समाचार समिति बाजुरा समाचारदाता प्रेम रौले, नागरिक संवाददाता कृष्ण ओली, एभिन्युन टेलिभिजनका लक्ष्मीराज पाध्याय, अन्नपूर्ण पोष्ट समाचारदाता रमित विक र लोकतन्त्र विहानी सप्ताहिकका प्रकाशक प्रशान्तराज जोशी हुनुहुन्छ । उहाँहरूलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यसैगरी जिल्लामा रहेका दुई इलेक्टोनिक सञ्चारमाध्यमलाई पनि सम्मानस्वरुप प्रशंसापत्र प्रदान गरिएको छ । जिल्लामा रहेका रेडियो बाजुरा र रेडियो पौरखीलाई समेत सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्दले बताउनुभयो ।

आज गरिएको पत्रकार सम्मेलन तथा पत्रकार सम्मान कार्यक्रममा बडीमालिका नगरपालिकाले आव ०७५÷०७६को वार्षिक बजेट विनियोजन गरेको छ ।

सभाबाट पारित बजेटले सडक, खानेपानी, विद्युत्, पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । नगरपालिकाले रु ३६ करोड २८ लाख ६४ हजार ८३३ विनियोजन गरेको नगर प्रमुख बडुवालले सार्वजनिक गर्नुभएको छ ।
रासस