१२ बैशाख २०८१, बुधबार
Follow Us

डा. केसीसँग वार्ता गर्न ३ सदस्यीय सरकारी वार्ता टोली गठन

नेपालब्रिटेन संवाददाता
३२ असार २०७५, सोमबार १५:१०

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै जुम्लामा १७ दिनदेखि अनशनरत् डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

समितिमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एकजना सहसचिव सदस्य रहेका छन् । टोलीले वार्ताको कार्यविधि र स्थान आफैं तय गर्ने सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । सरकारले डा. केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनविपरीत चिकित्सा शिक्षा विधेयक संसदमा पेस गरेपछि डा. केसी अनशनमा उत्रिएका हुन् ।