१५ चैत्र २०८०, बिहीबार
Follow Us

एम्बाप्पेले विश्वकपमा कमाएको सबै रकम अशक्त बालबालिकाको उपचारमा खर्च गर्ने

sarusaru
१ श्रावण २०७५, मंगलवार ०३:११

एजेन्सी । फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकपबाट भएको सबै कमाई एक सहयोगी संस्थालाई दान गर्ने भएका छन्।

विश्वकपमा युवा स्टारको उपाधि समेत जितेका एम्बाप्पेले यो विश्वकपमा ४ गोल गरेर फ्रान्सलाई च्याम्पियन बनाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका गरे। विश्वकपबाट एम्बाप्पेले साढे तीन करोड भारु कमाई गरेका थिए।

यो सबै कमाई उले अस्पतालमा उपचार गराइरहेका अपाङ्गता भएका बालकालिकाका लागि खर्च गर्ने भएका छन्। यसका लागि उनले सबै रकम एक च्यारिटी संस्थालाई दान गर्ने भएका छन्।

फ्रान्सका सञ्चारमाध्यमका अनुसार एम्बाप्पेले प्रीमियर्स डी कोर्डी अपाङ्गता भएका बालबालिकाको सहयोगका साथसाथै उनले बालकालिकाका लागि विद्यालय र रोजगारका लागि सक्षमता जागरुकता अभियान समेत चलाउँदै आएका छन्। उनी व्यस्तताका वाबजुत पनि समय निकालेर बालकालिकालाई प्रोत्साहित गर्दै उनीहरुसँग खेल्न पुग्ने गर्दछन्।
डिसी नेपाल