१५ बैशाख २०८१, शनिबार
Follow Us

डा. केसीसँग आज दोस्रो वार्ता गर्दै

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७५, मंगलवार ०६:४८

काठमाडौं । १८ दिनदेखि अनशनरत डा गोविन्द केसीसँग सरकारले वार्ता सुरु गरेको छ । केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको छ ।
टोली गठनपछि भएको वार्ता गएराति अबेरसम्म चलेपनि निष्कर्षमा पुग्ने सकेन । अहिले फेरि वार्ता हुने डा. केसीका प्रतिनिधि अभिशेषकराज सिंहले बताउनु भएको छ ।
हिजोको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा डा. केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको थियो ।