१३ बैशाख २०८१, बिहीबार
Follow Us

डा. केसीको माग सम्वोधन गर्न डा. आरजु देउवाद्वारा माग

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७५, मंगलवार १५:१३

काठमाडौं । डा. आरजु देउवाले जुम्लामा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीको माग सम्बोधन गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमार्फत् उनले यस्तो माग गरेकी हुन् । आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै डा. देउवाले भनेकी छन्- ‘चिकित्सा शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने मुख्य उदेश्य सहित अनशनरत डा. गोविन्द केसीको माग एकजना चिकित्सकको मात्रै होईन । यो हाम्रो मुलुकको समग्र चिकित्सा शिक्षा कस्तो हुने भन्ने दिशानिर्देश गर्दै आम जनताको स्वास्थ्यमा सहज पुहँच र गुणस्तीय सेवा दिलाउनेसँग सम्वन्धीत छ ।

डा. केसीको अनशनलाई लिएर सरकारले गरेको टिप्पणी अत्यन्तै अलोकतान्त्रिक र गैरजिम्मेवारपूर्ण छ । लोकतन्त्रमा एक जना मात्रैको पनि आवाज सुन्ने धैर्यता नेताहरुमा हुनुपर्छ । तर डा. केसीसँग लाखौ जनताको साथ छ । यसअघिको सरकारले डा।केसीको मागको मुल विषयलाई सम्वोधन गर्दै राष्टिय चिकित्सा शिक्षा अध्यादेश जारी गरेको हो ।

अनशनरत डा. केसीको स्वास्थ्य कमजोर हुदै गएको छ । तत्काल उहाँको जीवन वचाउन वार्ता मार्फत सहमति गरेर पहिलेकै अध्यादेश अनुसार विधेयक अघि बढाऔ ।’
जय नेपाल !
डा. आरजु राणा देउवा
नेतृ, नेपाली कांग्रेस