७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन जाम्वियाले फैलायो सहयोगी हात

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७५, मंगलवार २२:५४

जाम्विया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले परोपकारी काम गरेको छ । त्यहाँस्थित मदर टेरेसा आवास गृहमा सहयोग गरेको हो । त्यस आवास गृहमा ६५ जना पुरुष र २५ जना महिलाहरुका साथै करीब ४५ जना अपांग बालबलिकाहरु रहेका छन् ।

आवास गृहको स्थापना आज भन्दा करीव ३० वर्ष पहिले स्थापना भएको थियो र यसको क्षेत्र निकै बृहत छ । यस सामजिक कार्यक्रममा एनसिसि जाम्वियाका अध्यक्ष प्रा.डा. विशाल नाथ उप्रेती, उपाध्यक्ष शंकर सुनुवार, पूर्व अध्यक्ष विदुर खनाल र सदस्य संध्या खनालको सहभागीता रहेको थियो । कार्यक्रममा आवास गृहका सहभागीहरुले भब्य स्वागत गरेका थिए ।