१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनको पहलमा अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७५, मंगलवार २२:५५

नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन। उनीहरुसँग नेपाली दलाल जेशन श्रीस ( बाग्लुङ्ग र पोखरा ) लगायतले जनही ३५ लाख रुपैया नेपालमै लिएको र पछि बिच बिचमा खान र अरु खर्च गरि ५० लाख खर्च भएकोे बताएका छन् ।

गैर आवासीय नेपाली संघ नाइजेरियाको प्रयास र सहयोगमा उनीहरु आज काठमाडौ फर्केका हुन । उनीहरुको पासपोर्ट समेत दलालले उनीहरुलाई दिएको थिएन । इजिप्ट स्थित नेपाल दुतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो ।

गैर आवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र त्यसमध्ये १२ जनालाई अमेरिका लान ब्राजिल उडाएको , १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनीहरु सम्पर्कमा आउन नचाहेका छन वा दलालले आउन दिई राखेका छैनन ।

गत महिना समेत थापाको संयोजनमा टोगोबाट यहि समुहका ५ जनालाई उद्दार गरि नेपाल फर्काइएको थियो । थापाले उनीहरुको फिर्ताका लागि पहल गर्ने इजिप्ट स्थित नेपाल दुतावस , एनआरएनए नाइजेरिया परिवार , आइसिसि सदस्य चिरञ्जीवी रोका , एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर , सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यबाद ब्यक्त गरेका छन । बिबिन्द्र र जगन समेत गत मे महिनामा मात्र एनआरएनए को सम्पर्कमा आई घर फिर्ता जान अनुरोध गरेका थिए ।