७ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्वतमा पहिरोले घर पुरिए, ५ जना सम्पर्कविहीन

sarusaru
२ श्रावण २०७५, बुधबार ०४:४६

पर्वत । अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा ५ जना सम्पर्कविहीन भएका छन् ।

जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा ४ घर पुरिएको हो । प्रहरीका अनुसार, ५ जना सम्पर्कविहीन छन् । केही घाइते भएका छन् ।

जलजला गाउँपालिका–८, लस्ति बेरनेटाका बमबहादुर परियारको एक तले कच्ची घर पहिरोले परिँदा उनका १६ वर्षीय छोरा विकास परियार हराइरहेका छन् । घर परिँदा अन्य ४ जना हराइरहेको सूचना प्राप्त भए पनि विस्तृत विवरण आइनसकेको प्रहरी भनाइ छ ।

पहिरोले उक्त गाउँका १६ घर जोखिममा परेका छन् । प्रहरीका अनुसार ती घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

उता, जलजला गाउँपालिका–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ६ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ६ जना घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ ।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी मिलनचोकबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
अनलाइन खबर