१५ चैत्र २०८०, बिहीबार
Follow Us

रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु

sarusaru
३ श्रावण २०७५, बिहीबार ०२:५८

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका ४ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा रुकुमको पुथा उत्तरगंगा गाउँपालिका १ का कुमार पुन र वुद्धिराज पुन, पुथा उत्तरगंगा २ का किरण पुन, ४ का अर्जुन विक, १२ का तिर्सना तुलाचन र १४ का सालेना वर्मा रहेका छन् । त्यस्तै बाँकेकी ललिता परियारको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सई वीरबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मुसीकोट नगरपालिका १२ का जयवीर कामी, पुथा उत्तरगंगा ११ का प्रतिमा बु्ढामगर, पुथा उत्तरगंगा २ का धनीराम पुन र सम्झना पुनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

११ जना मानिस चढेको जीप भीरमा सडकदेखि एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।
अनलाइन खबर