६ चैत्र २०८०, मंगलवार
Follow Us

गायिका आनी छोइङद्वारा प्रधानमन्त्रीलाई एक करोड हस्तान्त्रण

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७५, बिहीबार ०६:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड सहयोग हस्तान्तरण गर्नुभएको छ । नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको गए राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले उक्त रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गर्नुभयो ।

गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिनुभयो । गायिका शेर्पाको फूलको आँखामा फूलै संसार गीत लोकप्रिय छ ।

सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गर्नुभयो । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा पचास हजार सहयोग दिने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गर्नुभएको थियो ।