८ बैशाख २०८१, शनिबार
Follow Us

डा. केसीलाई काठमाडौं ल्याइँदै

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७५, बिहीबार ०६:४२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बैठकले डा. केसीलाई काठमाडौं ल्याउने र उहाँका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ । बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै आज हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत हुनुहुन्छ । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेन ।

कर्मचारीको टोलीलाई पूर्ण अधिकार नभएको भन्दै डा. केसीका समर्थकले मन्त्रीस्तरमा मात्र वार्ता गर्ने अडान राखेका छन् ।
साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेको छ । यो खबर शिक्षामन्त्री हुँदै नेकपाका नेताहरुसम्म पुगेपछि बालुवाटारमा आकस्मिक बैठक बस्यो, जहाँ डा. केसीको स्वास्थ्य अवस्थाबारे गम्भीर छलफल भएको छ ।

आफ्ना मुद्दा सम्बोधन नभएसम्म डा. केसीले अनसन नतोड्ने भएकाले उहाँको मागबारे खुला छलफल गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।