६ चैत्र २०८०, मंगलवार
Follow Us

विद्यार्थी कुटिएको हेर्न सक्दिनँ, काठमाडौं जान्छु : डा. केसी

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७५, बिहीबार ०९:२०

जुम्ला । सरकारले आफ्ना समर्थक विद्यार्थी माथि धरपकड शुरु गरेपछि अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । यसअघि सरकारले बारम्बार आग्रह गरीरहँदा माग पुरा नभएसम्म काठमाडौं नफर्कने अडानमा बसेका के. सी.ले ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भनेको उनी सँगै रहेका डा. विषाद दहालले जानकारी दिएका हुन् ।

बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले हेलिकोप्टर पठाएको थियो तर उनका समर्थकहरुले घेरेर काठमाडौंबाट गएका टोली उनी समक्ष पुग्न सकेका थिएनन् । स्वयं केसीले विधार्थी कुटिन थालेपछि काठमाडौं जाने बताएसँगै उनलाई केहीबेरमा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गर्ने तयारी गरीएको छ ।

स्थानीय प्रशासनले डा. केसीका समर्थकमाथि लाठीचार्ज तथा अश्रुग्यास प्रहार गरी समर्थक विधार्थीहरुलाई घाईते बनाएको बताईएको छ ।