४ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रिय दिवस मनाउन औपचारिक पोशाकमा आउनु — नेपाली दूतावास लन्डन

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७३, शुक्रबार ११:०६

लन्डन । नेपाली दूतवास लन्डनले नेपालको राष्ट्रिय दिवस एक बिषेश कार्यक्रमको आयोजना गरि मनाउने तयारी गरेको छ । आगामी सेप्टेम्बर २० तारिख दिउँसो ३ बजे लन्डनस्थित नेपाली दूतावास भवनमा सो कार्यक्रमको आयोजना गरिने दूतावासले जनाएको छ । कार्यक्रममा आमन्त्रित सबैलाई अनिवार्य रुपमा औपचारिक पोशाक लगाउन दूतावासको आग्रह गरेको छ । कार्यक्रममा सहभागी हुन आउनलेहरुका लागि पार्किङको सुविधा नभएको समेत दूतावासले अग्रीम जानकारी दिएको छ ।