१५ चैत्र २०८०, बिहीबार
Follow Us

राप्रपा संगठन विभागमा को–को मनोनय भए ?

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७५, बिहीबार १४:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संगठन विभागका सदस्य सचिवमा भक्तिप्रसाद सिटौला (झापा) तथा सदस्यमा रमानन्द न्यौपाने (जुम्ला), पुष्पराज पुरुष (ललितपुर), रीता माझी (रामेछाप) र राम नेपाली (नुवाकोट) लाई आज मनोनयन गर्नुभएको छ ।

अध्यक्ष थापाले पार्टीको विधानअनुसार संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको सिफारिसमा उहाँहरुलाई मनोनयन गर्नुभएको हो । यसैबीच पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ । संगठनका कावा अध्यक्ष शशी भण्डारीले पाँच वर्षदेखि मुलुकको चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि संघर्षरत प्रा डा केसीको मागप्रति समर्थन गर्दै चाँडो समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।