१५ बैशाख २०८१, शनिबार
Follow Us

डा. केसीलाई काठमाडौं ल्याइयो, टिचिङ अस्पतालमा भर्ना, घाइते प्रहरी गम्भीर

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७५, बिहीबार १५:०९

काठमाडौं । अनसनमा रहेका डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याएर शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । २० दिनदेखि अनसनमा रहेका डा. केसीलाई लिएर सेनाको हेलिकोप्टर काठमाडौं आएको हो । उनलाई काठमाडौं ल्याउनका सेनाको हेलिकोप्टर बिहीबार बिहान काठमाडौंबाट जुम्ला पुगेको थियो ।

केसीलार्इ लिएर फर्किएको हेलिकोप्टर सुर्खेतमा इन्धन भरेर काठमाडौं उठेको थियो । उनलाई ल्याइएको हेलिकोप्टर बिहीबार साँझ ६:४५ बजे टुँडिखेलमा अवतरण गरेको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगियो । शिक्षण अस्पतालमा डा. केसीको समर्थक र सर्वसाधारणको भीड लागेको थियो । सुरक्षाकर्मी पनि ठूलो संख्यामा परिचालन गरिएको छ । केसीलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गरिने शिक्षामन्त्री गिरिजामणि पोखरेलले बताए ।

डा. केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास र ल्याउन नदिने स्थानीय तथा विद्यार्थीको अवरोधका बीच कर्णाली अस्पतालतको वातावरण तनावग्रस्त भएको थियो । अस्पतालमा झडप र सरकारको दमन बढेपछि डा केसी काठमाडौं जान तयार भएका थिए। उनलाई स्थानीयले माला लगाएर बिदा गरेका छन् । केसी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपका क्रममा घाइते भएका प्रहरी कमल उपाध्यायको अवस्था गम्भिर रहेको छ ।