७ बैशाख २०८१, शुक्रबार
Follow Us

अस्पतालमा बल प्रयोग गरेको भन्दै चिकित्सा संघद्वारा विरोध

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७५, बिहीबार १५:४५

काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई यहाँ ल्याउने क्रममा स्वास्थ्यकर्मीलगायत सर्वसाधारणलाई गम्भीर घाइते बनाइएको भन्दै दुःख व्यक्त गरेको छ । संघका महासचिव डा लोचन कार्कीले ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र बल प्रयोग गर्न नपाउने मान्यता विपरीत’ स्वास्थ्यकर्मी, सर्वसाधारणलाई घाइते बनाउनु दुखद् भएको बताउँदै प्रा डा केसीलाई उहाँको इच्छाविपरीत, आधारभूत मानवाधिकारको उल्लंघन गर्दै सरकारका तर्फबाट अनशनरत स्थलबाटै उठाएर लैजानु गलत भएको जनाउनुभएको छ । घटनाका दोषीलाई कारवाही गरी घाइतेको शीघ्र उपचार व्यवस्था मिलाई संवेदनशीलता प्रकट गर्न संघले सरकारसँग आग्रह गरेको छ ।