१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाढी पिडितको सहयोगार्थ पर्वत समाज युकेले आर्थिक संकलन गर्ने

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७५, बिहीबार १६:२७

लण्डन । पर्बत जिल्लाका विभिन्न स्थानमा परेको अबिरल बर्षाको कारणले आएको बाढी पहिरोबाट पिडितको लागि पर्वत समाज युकेले आर्थिक संकलन गर्ने भएको छ । समाज अध्यक्ष दधी आचार्यले विहीवार एक विज्ञप्ति जारी गर्दै सहयोगको लागि आव्हान गरेका हुन् ।

विज्ञप्तिमा बाढी र पहिरोबाट क्षति हुन गएको र धेरै परिवारहरु घरवारविहीन भै विस्थापित भएको खबरले हामी युकेमा रहेका पर्वर्तेहरु स्तब्ध भएको उल्लेख छ । यस्तै विज्ञप्तिमा दुखद समयमा आफ्नो ठाउबाट केहि सहयोग गर्न सकिन्छ कि भन्ने हेतुले पर्वत वेलफेर सोसाइटी युकेले पनि आर्थिक सहयोग उठाउने र अन्तराष्ट्रिय पर्वत समाजसंग सहकार्य गर्दै पिडितहरु समक्ष राहत पुर्याउने निर्णय गरेको छ । यहाँहरु समक्ष पर्वत वेलफेर सोसाइटी युके सक्दो सहयोगका निमित्त हार्दिक अपिल गर्दछौ भनिएको छ ।