१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सगुनमा लगानी गर्ने उपेन्द्र महतो सुझाव

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७५, बिहीबार २१:४६

ग्लोबल कम्पनी बन्दै गएको सोसल कमर्स प्लेटफर्म सगुनले विश्व बजारमा मिनीआइपिओ निस्कासन गरिरहेका बेला गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले स्टार्टअप कम्पनीमा आफ्नो क्षमताअनुसार केही रकम लगानी गर्नु उपयुक्त हुने बताएका छन्।

महतोले आफ्नो व्यवहारलाई प्रभावित नगर्ने गरी लगानीको लागि संसारभर रहेका नेपाली समुदायलाई सुझाव दिएका हुन्।

‘स्टार्ट अप कम्पनीमा रिस्क जति छ रिटर्न त्यतिकै ज्यादा छ,’ भन्दै महतोले आफ्नो व्यवहार मिलाएर लगानी गर्न उपयुक्त हुने बताएका छन्। सगुन जस्ता कम्पनीमा एकै जनाले १० लाख लगानी गर्नुभन्दा १ हजार जना मिलेर १ हजार डलर लगानी गर्नु उपयुक्त उनको भनाइ छ।

‘अमेरिका प्रविधि, सिस्टम र कानूनमा निकै अगाडि छ। त्यसैले ऊ संसारको लिडर भएर बसिरहेको छ,’ उनले भने, ‘पहिल्यै स्थापित भएको कम्पनीलाई मात्र आइपिओमा आउन दिने हो भने सर्बसाधारण लगानीकर्ताले त्यसको फाइदा लिन सक्दैनन्। त्यसैले अमेरिकाले कुनै पनि प्रोजेक्टको मूल्यांकन गरेर निश्चित रकमसम्म सुरुमै आइपिओमा लगानी गर्न दिने भनील्याएको नियम सराहनीय छ। हामी नेपालीले यस्तो नियम अन्तर्गत आएको नेपालीले सुरु गरेको कम्पनी सगुनलाई साथ दिनुपर्छ।’

उनका अनुसार सगुनमा लगानी गर्नेको संख्या ३५ सय नाघेको छ। सगुनलाई मिनीआइपिओ मार्फत सेयर निष्काशन गरेर एक वर्षभित्र २ करोड डलर उठाउन अमेरिकन सेक्युरिटीले एक्सचेन्ज कमिसनले स्वीकृति दिएको उनले जानकारी दिए।

यो अवधि यही जुलाई २६ तारिखमा सकिँदै छ।

‘हामीले साथ दियौं भने मात्र अरु समुदायका मानिसले पनि साथ दिन्छन्, उनले भने, ‘त्यसबाट हुने मुनाफाको भागिदार पनि हामी आफैं हुन्छौं ।’

सगुनले प्रयोगकर्तालाई उनीहरुले विताएको समयका आधारमा आफूले गरेको कमाइएको केही प्रतिशत नगद दिने भनी ल्याएको योजना निकै इनोभेटिभ भएको महतोको भनाइ छ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई रिवार्ड दिने कुरा पहिलो पटक आएको बताउँदै महतोले यो आइडिया अरुले पनि नक्कल गर्नसक्ने भएकाले प्रयोगमा ल्याइ हाल्नु पर्ने बताए।

उनले भने, ‘पहिलो बनेर पूर्ण प्रयोगमा ल्याउन सके यसमा अवसर छ।’

लगानीलाई अब मुलुकको सीमाले नछेक्ने बताउँदै उनले सूचनाप्रविधिमा लगानी विश्वभरबाट जुटाउन सकिने बताए। नेपालीहरुले स्थापना गरेको सगुनमा संसारभरका गैरआवासीय नेपालीले आफ्नो क्षमता अनुसार लगानी गरेर सघाउन एनआरएनए प्रमुख संरक्षक महतोले आह्वान गरेका छन्।

पछिल्लो समय सगुनका प्रयोगकर्ता २५ लाखभन्दा बढी पुगेका छन्। सगुनले निस्कासन गरेको मिनीआइपिओमा बैंक खाता भएका व्यक्ति तथा संस्थाबाट विश्वभरबाट लगानी गर्न सकिने उनले जानकारी दिए। नेपालभित्रबाट भने लगानी गर्न सकिँदैन।

सगुन डटकम इन्भेष्टमा गएर क्रेडिट/डेविट कार्डमार्फत वा बैंकबाट वायर ट्रान्सफर गरेर सगुनमा लगानी गर्न सकिने उनले जानकारी दिए।