७ बैशाख २०८१, शुक्रबार
Follow Us

रेफ्री रबिन्द्र मल्ल लण्डनमा सम्मानित

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७५, बिहीबार २२:१४

जगन कार्की । लण्डन । तेक्वान्दोको छैठौ डन तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय
रेफ्री रबिन्द्र मल्ल लण्डनमा सम्मानित भएका छन् । मल्ललाई नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ वेलायतले विहीवार लण्डनमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो ।

उनलाई गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य रामशरण सिमखडा र यती नेपाली एसोसियसन बेलायतका पूर्वअध्यक्ष उमेश मोक्तानले संयूक्त रुपमा खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष सिद्धार्थ क्षेत्रीले रेफ्री मल्लले नेपाली खेलकुल जगतमा पुरा-यको योगदान अतुलनिए रहेको वताए ।

कार्यक्रमका अतिथि सिमखडाले नेपालको खेलकुल क्षेत्रको भविष्य उज्जल रहेको वताउदैं संघले विदेशमा वसेर खेलेको भुमिकाको प्रसंशा गरेका थिए । लण्डनस्थित माया पवमा आयोजित कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष सुरज कार्की र राजेश काकीले समेत मन्तव्य दिए ।