१२ बैशाख २०८१, बुधबार
Follow Us

महानायक राजेश हमाल लण्डनमा

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७५, बिहीबार २३:०८

लन्डन । महानायक राजेश हमाल लण्डन आइपुगेका छन् ।

हमाल युवाहरु लाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ यूकेले आयोजना गर्न लागेको एक बृहद अन्तरक्रिया कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन् । हमाल विहीवार लण्डनस्थित हित्रोविमान स्थलमा आइपुग्दा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

शनिबार टिडवर्थ ग्यारिजन थिएटरमा ुम अनि मेरो मातृभूमिु विषयक अन्तरक्रियामा राजेश हमाल र पत्रकार दिलभुषण पाठकसंगै एनआरएनका अभियान्ताहरु समेत सहभागी हुने छन् । बेलायतस्थित नेपाली युवाहरुलाई एनआरएन अभियान तथा समग्र नेपालसंग जोड्ने प्रयास स्वरूप सो अन्तरक्रिया गर्न लागिएको संघले जनाएको छ । हमाल आगामी एक साता वेलायतमै रहने वताएको छ ।