८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन प्रेसिडेन्सियल अवार्डको लागि आवेदन माग

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७५, बिहीबार २३:११

लण्डन । गैर आवासीय नेपाली संघको पन्ध्रौँ स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ युवा फोरमले राष्ट्रव्यापी निवन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
“नेपालको विकासमा गैरआवासीय नेपालीको भूमिका” निवन्ध विषयको उत्कृष्ट निवन्धलाई ३० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिने छ । निवन्ध छनौटको सम्पूर्ण अधिकार गैरआवासीय नेपाली संघद्वारा गठित छनौट समितिमा रहने संघले जनाएको छ ।

निबन्ध लेखकले निबन्ध संगै आफ्नो परिचय र ठेगाना खुल्ने सरकारी प्रामाणिक पत्रको प्रतिलिपि समेत बुझाउनुपर्नेछ ।

प्रतिस्पर्धीले लेखेको निवन्ध इमेल मार्फत वा बन्द फाइलमा राखेर गैरआवासीय नेपाली संघको सचिवालय, काठमाडौँमा पेश गर्न आग्रह गरिएको छ ।

गैरआवासीय नेपाली संघ प्रेसिडेन्सियल अवार्ड-२०१८
(NRNA Presidential Award-2018)
गैरआवासीय नेपाली संघ युवा फोरम विश्वव्यापी निवन्ध प्रतियोगिता

गैर-आवासीय नेपाली संघको पन्ध्रौँ स्थापना दिवसको अवसरमा गैर-आवासीय नेपाली संघ युवा फोरमले राष्ट्रव्यापी निवन्ध प्रतियोगिताको आयोजना गर्न लागिएको हुँदा सम्पूर्ण इच्छुक संसारभरका नेपालीहरुलाई आव्हान गरिन्छ ।

शिर्षक:
“नेपालको विकासमा गैरआवासीय नेपालीको भूमिका”
निवन्ध लेखनका आधारहरु:
१. २९ वर्ष उमेर ननाघेका संसारभरका नेपालीहरु सहभागी हुन सक्नेछन ।
२. निवन्ध नेपालीमा २००० शब्द नबढाई लेखिएको हुनुपर्नेछ ।
३. निवन्ध मौलिक, स्तरीय तथा परिष्कृत हुनुपर्नेछ ।

नोट: निवन्ध छनौटको सम्पूर्ण अधिकार गैरआवासीय नेपाली संघद्वारा गठित छनौट समितिमा रहनेछ । निबन्ध लेखकले निबन्ध संगै आफ्नो परिचय (नाम, जन्ममिति, ठेगाना) खुल्ने सरकारी प्रामाणिक पत्रको प्रतिलिपि समेत बुझाउनुपर्नेछ । प्रतिस्पर्धीले लेखेको निवन्ध इमेल मार्फत वा बन्द फाइलमा राखेर गैर-आवासीय नेपाली संघको सचिवालय, काठमाडौँमा पेश गर्न सक्नेछन ।
निवन्ध प्राप्त भएको २४ घण्टा भित्र इमेलको सम्बोधन पठाइनेछ । इमेल मार्फत पठाउने निवन्ध गुगल युनिकोड वा प्रिती फन्टमा (फन्टको आकार १६) लेखेर पीडीएफ (PDF) स्वरूपमा पठाउनु पर्नेछ।

पुरस्कार:
प्रथम पुरस्कार: नगद रु.३०,०००/- तथा प्रशंसा पत्र
द्वित्तीय पुरस्कार: नगद रु.१५,०००/- तथा प्रशंसा पत्र
तृतीय पुरस्कार: नगद रु.५,०००/- तथा प्रशंसा पत्र

निवन्ध बुझाउने अन्तिम मिति: २०७५ भाद्र ३० गते
विजेता घोषणा: २०७५ आश्विन २० गते
पुरस्कार वितरण: २०७५ आश्विन २५ गते

निवन्ध पेश गर्ने इमेल तथा ठेगाना:
इमेल: [email protected]
सम्पर्क: गैर-आवासीय नेपाली संघको सचिवालय, नागपोखरी, काठमाडौँ (Please visit google map at TBI plaza, Kathmandu) ०१-४००४५२९, ९८५११५४१०४