१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘लिलीबिली’ आइतवार अल्डरसटमा प्रर्दशन गरिने

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७५, बिहीबार २३:२१

लन्डन । यूके र युरोपमा छायांकन गरि नेपालमा ५१ औं दिन मनाउन सफल चलचित्र ‘लिलीबिली’ बेलायतमा प्रदर्शन गरिने भएको छ । सपन इन्टरटेन्मेन्ट लिमिटेडले आगामी २२ जुलाई आइतबार सांझ ६ बजे एम्पायर हल अल्डरसटमा उक्त फिल्मको रेड कार्पेट शो गर्न लागेको हो ।

शोमा बेलायतमै बस्ने ‘लिलीबिली’ की मुख्य नायिका जसिता गुरुङको विशेष उपस्थिति हुने जनाइएको छ ।

मिलन चाम्सले निर्देशन गरेको उक्त फिल्ममा प्रदीप खड्का, जसिता, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स् लगायतका कलाकारको अभिनय छ । यूकेको स्कटल्याण्डसहित अन्य शहरमा करिब ९० प्रतिशत छायांकन गरिएको उक्त फिल्ममा टर्कीका दृश्य समेत छ । लिलीबिलीको स्कटल्याण्डमा खिचिएको ‘घुम्न जाउं है इन्जिन गाडीमा‘’ बोलको गीत र भिडियो खुबै चर्चित छ । ९लिंक तल छ०

जसिता गुरुङ ‘यूके डान्स अफ २०१७’ की विजेता हुन् जुन प्रतियोगिता सपन इन्टरटेन्मेन्ट लिमिटेडले गर्दै आएको छ । जसिता आफ्नो ‘प्रोडक्ट’ भएर पनि सपन राईले उक्त फिल्म यहां प्रदर्शन गर्न लागेका हुन् ।

सपनले कृ, ड्रिम्स लगायत कयौं हिट फिल्म बेलायतमा देखाइसकेका छन् । ‘लिलीबिली’ प्रदर्शनपछि सपन ‘यूके डान्स अफ(२०१८’ र तीज विशेष कार्यक्रम गर्ने योजनामा छन् ।

‘लिलीबिली’ का निर्देशक बेलायतवासी मिलन चाम्स पछिल्लो पटक व्यस्त निर्देशकका रुपमा चिनिएका छन् । उनको यसअघिको चलचित्र ‘हयाप्पी डेज’ शतप्रतिशत बेलायतमै छायांकन भएको थियो । मिलनका ब्लाइण्ड रक्स, बोबी, वीर विक्रम लगायत फिल्मले पनि सफलता चुमेका छन् ।

चाम्सले अहिलेका नम्बर वान नायक अनमोल केसीलाई मुख्य भूमिका दिएर ‘ब्याचलर बन्टी’ बनाउने घोषणा गरिसकेका छन् ।