१५ चैत्र २०८०, बिहीबार
Follow Us

डा. केसी भेट्न सभापति देउवा टिचिङमा

नेपालब्रिटेन संवाददाता
४ श्रावण २०७५, शुक्रबार १३:३२

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै जुम्ला पुगेर अनसन बसेका डा. गोविन्द केसीलाई हिजो नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं ल्यायो । शिक्षण अस्पतालमा डा. केसी अनसन बस्ने स्थलमै डा. केसीलाई राखिएको छ । डा. गोविन्द केसीलाई भेट्न नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा शुक्रबार अपरान्ह शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।

सभापति देउवाले डा. केसीलाई भेटे पनि उनीहरुबीच कुनै संवाद हुन पाएन । डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएकाले सभापति देउवासँग डा. केसी बोल्न खोज्दा पनि सकेनन् । डा. केसीले सभापति देउवाको कुरा सुने मात्र, फर्काउन सकेनन । सभापति देउवाले भने, ‘लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ । तर डा. केसीको पछाडी हामी लाखौ छौ । म सरकारलाई तत्काल उहाँसँग वार्ता गरेर माग पुरा गरि जीवन बचाउन माग गर्दछु ।’