काठमाडौँ: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देश प्रा.डा. दिपकप्रकाश महराले राजीनामा दिएका छन् । कार्यकारी महानिर्देशकको भूमिकामा रहेका महराले पारिवारिक कारणले राजीनामा दिनुपरेको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो राजीनामालाई लिएर जारी आन्दोलनसँग नजोड्न पनि अपिल गरेका छन् ।

त्रिविले शिक्षण अस्पतालमा नयाँ निर्देशक चयन गर्नका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन जगदीश अग्रवालको अध्यक्षतामा समिति समेत बनाइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशकको अवधि चार वर्षको हुन्छ । उनी सन् २०१४ मा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
अन्नपूर्ण पोष्ट