६ बैशाख २०८१, बिहीबार
Follow Us

सांसद डा. सूर्य पाठक बेलायतमा

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७५, शुक्रबार २०:५२

लण्डन । बाग्लुङ क्षेत्र नं १ बाट निर्वाचित सांसद डा. सूर्य पाठक लण्डन भ्रमणमा आएका छन् । डा. पाठक नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवमा बिशिष्ठ अतिथिको रुपमा कार्यक्रममा भाग लिन बेलायत आएका हुन् । डा. पाठक शुक्रवार बर्मिघन विमानस्थलमा उत्रिएका हुन् ।

डा. पाठकले आइतवार लण्डनस्थित ह्यारो फुटबल कल्वमा आयोजित बिषेश समारोहलाई सम्वोधन गर्ने भएका छन् । पाठकले सोमवार वेलायतस्थित संसद भवनको समेत अवलोकन गर्ने छन् ।

नेपालब्रिटेन डट कमको आयोजनामा हुने उक्त कार्यक्रममा वेलायतस्थित नेपाली समूदायका चर्चित १० जना व्यक्तित्वहरुलाई मिडिया व्यक्तित्वको रुपमा सम्मान गर्ने तयारी गरिएको छ ।

कार्यक्रमलाई सफल पार्न गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य रामशरण सिमखडाको संयोजकत्वमा एक उच्चस्तरिय समिति समेत गठन भएको थियो । कार्यक्रम संयोजक सिमखडाले आइतवार हुने कार्यक्रमको तयारी पुरा भएको जानकारी दिए ।