६ बैशाख २०८१, बिहीबार
Follow Us

केही ठाउँमा ठूलो वर्षाको सम्भावना

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७५, शनिबार ०५:३८

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया बदली हुने जनाएको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले देशका अधिकांश क्षेत्रमा बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिनु भयो ।

अहिले बिहानैदेखि पश्चिमका केही क्षेत्रमा पानी परिरहेको छ । पश्चिमका पहाडी तथा तराई क्षेत्रमा वर्षा भएको र केही समयपछि रोकिए पनि दिउँसो पनि पानी पर्ने मौसमविद पौडेलले बताउनु भयो ।

दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ । यस्तै मध्य तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै, बेलुका तिर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र पूर्वदेखि पश्चिमसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताउनु भयो । काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ ।