१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महाभारा समाज युकेको अध्यक्षमा राम कुमार

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७५, शनिबार १७:४७

लण्डन । महाभारा समाज युकेको अध्यक्षमा राम कुमार राई चयन भएका छन । राईलाई शनिवार लण्डनस्थित ह्यारो फुटवल कल्बमा सम्पन्न १० औं अधिवेशनले अध्यक्षमा चयन गरेको हो । कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक नवलकिशोर राईले कार्यक्रमको उद्धघाटन गरेका थिए । महाभारा समाज इलाम पाँचथर अन्तर्गत रहेका ११ गाउपालिकाबाट वेलायत आएर बसोवास गर्ने नेपालीहरुको साँझ संस्था हो ।

साधारणसभाले उपाध्यक्षमा ठाकुरसिहं राई, सचिवमा सुरज राई र कोषाध्यक्षमा मोहन बहादुर चाम्लीगं राईलाई चुनेको छ । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष टिका प्रसाद राई लगायतले शुभकामना मन्तव्य दिए । कार्यक्रममा करिब ४ सय जनाको उपस्थिती थियो ।