६ बैशाख २०८१, बिहीबार
Follow Us

तरुण दलले आज ७७ वटै प्रशासन कार्यालयअघि प्रदर्शन गर्ने

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०७५, आईतवार ०४:४२

काठमाडौं । नेपाल तरुण दलले आज दिउँसो ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गर्ने तयारी गरेको छ । हिजो आफ्ना नेता–कार्यकर्तामाथि गरेको प्रहरी दमन र ओली सरकारको अधिनायकवादी शैलीकाविरुद्ध भन्दै आन्दोलन गर्ने निर्णय गरेको तरुण दलले विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

हिजो शान्तिपूर्ण प्रदर्शनमा निर्मम दमन गरेर सरकारले ओकतन्त्रमाथि नै प्रहार गरेको तरुन दलको भनाई छ । आफना माग राख्न पाउने नागरिकको अधिकारलाई कुण्ठित गर्ने ओली सरकारको रवैयाविरुद्ध नागरिकका समस्या राख्न नझुक्ने पनि तरुण दलको विज्ञप्तिमा उल्लेख छ ।