८ बैशाख २०८१, शनिबार
Follow Us

विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको निधन

sarusaru
६ श्रावण २०७५, आईतवार ०४:५३

काठमाडौं। विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ। सिंहको शनिबार राति ३ बजेर ६ मिनेटमा बयोधा अस्पतालमा निधन भएको हाे।

सिंह ८५ वर्षका थिए। तीन साताअघि सामान्य ज्वरो आएर बयोधा अस्पतालमा परीक्षण गर्दा पिसाबमा संक्रमण देखिएपछि उनी उपचाररत थिए। त्यहीबीचमा उनमा निमोनिया देखिएपछि त्यसको पनि उपचार भइरहेको थियो।

शनिबार राति पटकपटक हृदयाघात भएपछि उनको निधन भएको चिकित्सकहरूले बताएका छन्। उनका तीन छोरा, बुहारी र नातिनातिना छन्। उनकी श्रीमतीको भने निधन भइसकेको छ।

सिंह नेपाली सेनाका सेवानिवृत्त जर्नेल हुन्। उनको पार्थिव शरीर पशुपतिनाथस्थित बनकालीमा दिउसो साढे १२ बजे श्रद्धाञ्जलीका राख्ने र आजै अन्तिम संस्कार गर्ने तयारी छ। उनलाई नेपाली सेनाले अन्तिम सलामी दिनेछ।

नेपालमा राजतन्त्र अन्त्यभएपछि सिंह नेपाललाई हिन्दु अधिराज्य बनाउनुपर्ने अभियानमा थिए।