१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्राधिकरणका कार्यकारी प्रमुखद्वारा राजीनामा

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७३, शुक्रबार १३:४८

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरी बुझाइएको राजीनामापत्रमा उच्चस्तरीय राजनीतिक सहमति एवम् पछिल्लो दिनमा देखिएको असहज अवस्थाका कारण आफूले पदबाट हट्ने निर्णय गरेको उल्लेख छ । विसं २०७१ मङ्सिर १३ गते प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त हुनुभएका काफ्लेको कार्यकाल तीन महिना मात्रै बाँकी थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले काफ्लेले राजीनामा गरेको स्वीकार गर्नुभयो । प्रधानमन्त्रीलाई बुझाइएको राजीनामापत्र आजै ऊर्जा मन्त्रालयमा आइपुगेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । नयाँ प्रक्रियामा आधारमा प्राधिकरणको नेतृत्व चयन गर्ने तयारीमा मन्त्रालय रहेको बुझिएको छ ।