४ बैशाख २०८१, मंगलवार
Follow Us

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

sarusaru
६ श्रावण २०७५, आईतवार ०८:५१

पाल्पा । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख १००८ नम्बरको ट्रकले अगाडि गुडिरहेको लु २१ प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार माथागढी–२, आँपटारीका ५० वर्षीय माधव कुमाल र उनका १९ वर्षीय छोरा उमेश कुमालको मृत्यु भएको हो ।

ट्रकको ठक्करपछि मोटरसाइकलमा सवार दुवै जना दुई सय मिटर तल तिनाउ खोलाको छेउमा पुगेको र उनिहरुको शव निकाल्ने तयारी गरिएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल भने सडक छेउमा अड्किएको छ । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
डिसी नेपाल