१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए संरक्षक लामिछानेद्वारा नेपाल ब्रिटेन डट कमलाई शुभकामना

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०७५, आईतवार १३:२८

लन्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछानेले नेपाल ब्रिटेन डट कमलाई शुभकामना दिनुभएको छ । संस्थापक सम्पादक चिरन शर्मालाई पठाएको भिडियो सन्देशमा संरक्षक लामिछानेले शुभकामना दिनुभएको छ । भिडियो सन्देशमा लामिछानेले भन्नुभएको छ, ‘नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सवमा समारोहमा उपस्थित भएर शुभकामना व्यक्त गर्ने मेरो उत्कट चाहना हुँदाहुँदै विशेष कारणवस उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु । नेपाल ब्रिटेन डट कमले आफ्नो स्थापना कालदेखि नै गैरआवासीय नेपाली समुदायमा सूचना उपलब्ध गराएर महत्वपूर्ण काम गरेको छ । त्यसको म हृदयदेखि नै सह्राना गर्न चाहन्छु ।
मेरो दिनचार्य नै नेपाल ब्रिटेन डट कमले पे्रसित गर्ने सूचना हेरेर सुरु हुन्छ । धेरै गैरआवासीय साथीहरुले सहयोग गर्नुभएको छ । नेपाल ब्रिटेन डट कम परिवारलाई अझ बढी सफलता मिलोस्, नेपाल ब्रिटेन डट कमले पे्रसित गर्ने समाचार सत्य, तथ्यपरक हुन– शुभकामना ।’